Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोषद्वारा ज्येष्ठ नागरिक आवास गृहलाई आर्थिक सहयोग

नागरिक लगानी कोषद्वारा ज्येष्ठ नागरिक आवास गृहलाई आर्थिक सहयोग

काठमाडौं, २७ फागुन । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–वृद्धाहरुलाई आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको थियो ।

कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१ औ वार्षिकोत्सव आगमी ४ चैतमा रहेको छ । आवाश गृहमा आश्रित वृद्ध–वृद्धाहरुको आर्थिक जीवनयापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x