Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्वास्थ्य बीमाको योगदान रकम संकलनभन्दा भुक्तानी दोब्बर बढी, नविकरण दर पनि न्यून

स्वास्थ्य बीमाको योगदान रकम संकलनभन्दा भुक्तानी दोब्बर बढी, नविकरण दर पनि न्यून

पूर्ण प्रसाद चौलागाँई

२०७७–१०–०२, काठमाडौं । सरकारले स्वास्थ्य बीमा अन्तर्गत ८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । पाँच वर्षअघि सुदूरपश्चिमको कैलालीबाट सुरु भएको यो बीमामा हालसम्म ३५ लाख नागरिक आबद्ध छन् ।

उनीहरुबाट ३ अर्ब रुपैयाँ हाराहारीमा योगदान रकम संकलन भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । आगामी दुई वर्षभित्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने सरकारी लक्ष्य छ । राज्यले लोककल्याणकारी कार्यक्रम अन्तर्गत सेवालाई जोड दिएकाले पनि योगदान रकम संकलनको तुलनामा दाबी बढी भएको बोर्डका कार्यकारी निर्देशकरमेश पोखरेले बताए । तर यही तरिकाले कार्यक्रम संचालन गर्दा दीर्घकालमा राज्यलाई धेरै आर्थिक भार पर्न सक्ने भएकाले भार कम गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा बोर्ड रहेको उनले बताए । त्यसका लागि सबैभन्दा पहिला सबै नागरिकलाई बीमामा आवद्ध गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।

हालसम्म यो कार्यक्रम मुलुकका ६५ जिल्लामा संचालित छ । काठमाडौं, ललितपुर लगायतका बढी जनघनत्व भएका जिल्लाहरुमा कार्यक्रम संचालनको अन्तिम चरणमा रहेकाले त्यसपश्चात् सहभागिता बढ्ने अनुमान छ ।

उसो त बीमा गराएकाहरूले पनि नवीरणमा गराउनेमा खासै ध्यान दिएको पाइँदैन । बोर्डका अनुसार वार्षिक नवीकरण गराउनेको संख्या सरदर ८५ प्रतिशतको हाराहारीमा मात्र रहने गरेको ।

यो बीमामा आवद्ध ५ जनासम्म सदस्य भएका घर परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउँनेछन् भने ५ जनाभन्दा बढी सदस्यको हकमा प्रतिसदस्य थप ७ सय रुपैयाँ तिर्नुपर्नेछ । बीमामा आबद्ध भएकाहरूले ११ सय ३३ प्रकारका औषधि निःशुल्क पाउँछन् भने अन्य औषधि किन्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x