Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चिनियाँ नाका जोड्ने सुरुङ मार्ग निर्माण गरिने

चिनियाँ नाका जोड्ने सुरुङ मार्ग निर्माण गरिने

काठमाडौं, ३ चैत। दोलखाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्गमा सुरुङ मार्ग निर्माण गरिने भएको छ । उक्त राजमार्ग अन्तर्गत जिल्लाको लामाबगरबाट लप्चीसम्म सुरुङमार्ग निर्माण गर्न लागिएको हो । यसै वर्षमा ठेक्का लाग्ने उक्त सुरुङ मार्गको डिजाइन तयार भइसकेको छ ।

सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबागरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे हो । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्नेछ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनानुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।

दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताउँदै आएका छन् । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

लप्चीदेखि तिब्बतको फलाकसम्मको १२ किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर तीन किमी ट्र्याक खोलिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x