महासंघद्वारा स्थानीय आर्थिक विकास समिति विस्तार
काठमाडौं, ३ चैत । नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय आार्थिक विकास समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा समिति गठन भएको हो । समितिका सह–सभापतिमा उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न सुझाए । गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न र महासंघका तर्फबाट सरकारमा के कस्तो सल्लाह सुझाव दिँंदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोहीअनुसार समितिलाई क्रियाशिल राख्न सुझाव दिए ।