Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लगातार ओरालो लागेको बजारमा मंगलबार झिनो अंकले सुधार

लगातार ओरालो लागेको बजारमा मंगलबार झिनो अंकले सुधार

काठमाडौं, ३ चैत । गत सातादेखि नै ओरालो लागेको शेयर बजार मंगलबार (आज) भने झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.५६ अंक वृद्धि भएर २३९१.७४ विन्दुमा रोकिएको हो ।

आज नेप्से परिसूचकमा झिनो अंकले सुधार भएको भएपनि कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ३७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ३.३६ प्रतिशतले वृद्धि भएको छ ।

आज २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुने उच्च स्थानमा चन्द्रागिरि हिल्स लिमिटेड रहेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य १ हजार ६९ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १९ करोड ३८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x