Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले आइक्याश प्रा.लि.लाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रा.लि.’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै केहि दिनमै आफ्नो सेवा सेवाग्राहीहरुमाझ ल्याउने भएको बताएको छ ।

२५ बर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याश प्रालिले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x