Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

काठमाडौं, ३ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x