Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

अन्तर्राष्ट्रिय ललित व्यापार मेला सुरु

काठमाडौं, ३० फागुन । अन्तर्राष्ट्रिय ललित व्यापार मेला आज देखि सुरु भएको छ । ललितपुर उद्योग वाणिज्य संघले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको उक्त मेलाको आज प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकासको कामलाई तीब्रता दिने वाचा गरे । उनले विभिन्न विकासमा योजनाहरु आजसम्म कागजमा मात्रै सिमित रहेको भन्दै त्यसलाई अव कार्यान्वयन गर्ने बताए । जलस्रोत, पर्यटन, पूर्वाधार विस्तार जस्ता क्रियाकलापबाट प्रदेश न. ३ लाई संवृद्धि तर्फ लैजाने पनि उनले बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कला, संस्कृतिको सहरको रुपमा रहेको ललितपुरलाई नमुना शहरको रुपमा प्रस्तुत गर्ने बताए । त्यस्तै ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले औद्योगिक क्षेत्रमा अझैपनि विभिन्न समस्या रहेको र त्यसका लागि सरकारले उचित निति बनाई सम्बोधन गर्नुपर्ने बताए ।

ललितपुरको पाटन दरबार स्क्वायरमा सुरु भएको हस्तकला, मूर्तिकला लगायतका विभिन्न सामाग्रीहरु प्रर्दशन एवं विक्रिका लागि राखिएको छ । मेला चैत ३ गते सम्म संचालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x