Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिबिफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत

सिबिफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत

काठमाडौं, ४ चैत । नेपाल उद्योग परिसंघले बैक तथा वित्तीय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ । उद्योग परिसंघको तर्फबाट सतीशकुमार मोरले पदाधिकारीलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष मोरले परिसंघले ‘मेक इन नेपाल ः स्वदेशी’ अभियानलाई अघि बढाइरहेको बताए । नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले अभियान सुरु गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बैक तथावित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योग परिसंघले सिबिफिनका पदाधिकारीहरूलाई स्वागत एवं बधाईज्ञापन गरेकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सिएनआइ र सिबिफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी र सचिवकुश प्रसाद मल्लीको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x