Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ग्लोबल आईएमई बैंक र बोधि होल्डिङ प्रालिबीच घर कर्जासम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र बोधि होल्डिङ प्रालिबीच घर कर्जासम्बन्धी सम्झौता

काठमाडौं, ४ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र बोधि होल्डिङ प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्तसमझदारी अनुसार बैंकले बोधि होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ प्रा.लि.ले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा पनि रहनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x