Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक ४० अंक बढ्यो, कारोबार रकम बढेन

नेप्से परिसूचक ४० अंक बढ्यो, कारोबार रकम बढेन

काठमाडौं, ४ चैत । बुधबार (आज) शेयर बजार ४०.४० अंक बढेर बन्द भएको छ । परिसूचक ४०.४० अंक बढेर २४३२.१५ विन्दुमा पुगेको भएपनि कारोबार रकम भने गत दिनकै हाराहारीमा रहेको छ । हिजो ३ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पनि ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो ।

२१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ४.२६ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड, यूनाईटेड ईदी मार्दी आर्बी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र खानिखोला हाइड्रोपावर लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि हुने पहिलो स्थानमा चन्द्रागिरि हिल्स रहेको छ । यो कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको हो । आज यो कम्पनीको प्रतिशेयर मूल्य १ हजार १७७ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेडको भएको छ । यो कम्पनीको २० करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ५३० रुपैयाँ कायम भएको छ । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री हुने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको पनि १८ करोड ८४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य २ हजार ३६ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x