Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नाकामै अड्कियो चीनबाट आयातित रासायनिक मल

नाकामै अड्कियो चीनबाट आयातित रासायनिक मल

काठमाडौं, ४ चैत । सरकारले चीनबाट आयात गरेको रासायनिक मल १२ दिनदेखि तातोपानी भन्सारको गोदाममै थन्किएको छ । झन्झटिलो सरकारी प्रक्रियाका कारण मल नाकामै नै अड्किएर बसेको हो । भन्सारको गोदामा अहिले करिब ३ सय मेट्रिक टन मल थन्किएको कार्यालयले बताएको छ ।

फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा एक हप्तामा काठमाडौं पुग्ने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको अपेक्षा थियो । तर भन्सार कार्यालयले भन्सारबाट मल छुटाउने अनुमति नदिँदा १२ दिनदेखि भन्सार परिषरमा मल अलपत्र परेको हो ।

चीनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काठमाडौं ल्याउने लक्ष्यसहित मल आयात गरिएको थियो । किसानलाई यस वर्ष मल अभाव हुन नदिन सरकारले पहिलोपटक चीनबाट आयात गरेको थियो । तर प्रक्रियागत ढिलाइले अझै भन्सारबाट छुट्न सकेको छैन ।

मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा भएर आएमा मल भन्सारबाट काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाइने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीको भनाइ छ । चीनबाट आयातित युरिया मल पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे, दोलखा लगायत नजिकका जिल्लाहरुमा वितरणको तयारी रहेको कृषि विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x