Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

शाइन रेसुङ्गा बैंकको ७७औं शाखा कार्यालय पोखरामा

शाइन रेसुङ्गा बैंकको ७७औं शाखा कार्यालय पोखरामा

काठमाडौं, ४ चैत । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसंगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाघन कार्याक्रममा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरी अर्थतन्त्रमा टेवा पु¥याउन बैंकलाई सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए । बैंकले सबैसँग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने उनले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने पनि बताए । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x