सरकारको कुल खर्चमा झीनो सुधार

काठमाडौं, ५ चैत । आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा सरकारको संघीय सरकारको कुल खर्चमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झीनो सुधार भएको । गत माघ मसान्तसम्ममा सरकारको कुल खर्च ४ खर्ब ९९ अर्ब ६८ करोड पुगेको छ । गत आवको सोही अवधिमा ४ खर्ब ८७ अर्ब ९ करोड र थियो, जुन चालू आवको भन्दा २.६ प्रर्तशतले कम हो ।

सो अवधिमा भएको कुल खर्चमध्ये चालू खर्च ४ खर्ब ६ अर्ब ७३ करोड, पूँजीगत खर्च ६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्थातर्फ ३० अर्ब ११ करोड रहेको छ । समीक्षा अवर्धमा चालू खर्च ११.२ प्रर्तशतले बढेको छ भने पूँजीगत र वित्तीय व्यवस्थातर्पmको खर्च क्रमशः १८.७ प्रतिशत र ३१.७ प्रतिशतले बढेको छ ।

खासगरी कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माण कार्यले गति लिन नसकेकाले पूँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *