Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आहा–रारा गोल्डकपमा मनाङको सहज जित

आहा–रारा गोल्डकपमा मनाङको सहज जित

पोखरा, १० माघ । आठपल्ट फाइनल खेल्दै चारपल्ट च्याम्पियन भएको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङदी धरान फुटबल क्लबमाथि ४–१ को सहज जितका साथ आइतबार १५ औं आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एगचलब(ऋजझवयलन(या(म्जबचबल(द्दघण्ज्ञद्दण्ज्ञठण्डद्धढछद्द(ज्ञण्ण्ण्हण्

पोखरा रंगशालामा सम्पन्न अन्तिम आठको प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन मनाङका लागि कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले दुई–दुई गोल गरे भने धरानका तर्फबाट एकमात्र गोल दीपक राईले गरेका थिए । मनाङका लागि चारवटै गोलमा पोखरेली फुटबलर अनिलको योगदान रह्यो ।

अनिलले ३३ औं मिनेटमा गरेको क्रसलाई ‘हेड’ गर्दै सुजलले गोलको खाता खोलेका थिए । खेलको ४१ औं र ६० मिनेटमा अनिल आफंैले बललाई पोस्टको दिशा दिए । उनले नाइजेरियाली फरवार्ड आफिज ओलावालेको पास सदुपयोग गर्दै व्यक्तिगत पहिलो गोल गरेका थिए । उनले आफ्नो दोस्रो गोलमा चोटमुक्त हुँदै खेलमा पुनरागमन गरेका रोहित चन्दको क्रस उपयोग गरेका थिए ।

आयोजक सहारा क्लबबाट फुटबल करिअर सुरु गरेका अनिलले प्रहार गरेको बललाई ६३ औं मिनेटमा धरानका गोलरक्षक पूर्ण चेम्जोङले फर्काएका थिए । त्यही रिबाउन्ड बललाई सुजलले गोलाइन पार गराउँदै मनाङको जित सहज बनाएका थिए । धरानका लागि दीपक राईले ७३ औं मिनेटमा सान्त्वना गोल गरे । उनले पूर्वक्लबविरुद्ध केही डिफेन्सलाई छक्याउँदै अघि बढाएर आकर्षक गोल गरेका थिए ।

धरानको धेरै आक्रमणमा मनाङका अफ्रिकी मूलका डिफेन्डर सिसोको बाधक बनेका थिए । दीपकले १९ औं मिनेटमा प्रहार गरेको फ्रिकिकलाई मनाङका गोलरक्षक दिनेश थापामगरले असफल पारेका थिए । धरानले विभागीय टिम एपीएफलाई १–० ले हराएर पहिलोपल्ट पोखरामा क्वाटरफाइनल यात्रा गरेको हो । धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको मनाले बाई पाएर सीधै क्वाटरफाइनल खेलेको हो ।

विपक्षी बलियो भएकाले खेलमा पराजय स्वाभाविक भएको धरानका प्रशिक्षक सुवास केसीले बताए । ‘मनाङ सधैंको सेट टिम हो, हामी कहिलेकाहीं प्रतियोगिता हुँदा मात्र जुटेर खेल्ने गर्छौं,’ उनले भने, ‘हाम्रा खेलाडीहरू घाइते पनि थिए तैपनि राम्रै खेले ।’

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले धरानविरुद्ध उत्रिएको टिम बंगलादेशमा अर्को महिना हुने शेख कमल इन्टरनेसनल क्लब कपमा सहभागी हुनलाई तयार पारिएको बताए । ‘पहिलो हाफमै दुई गोल गरेकोले खेलाडीले ढुक्क भएर खेले,’ उनले भने, ‘दोस्रो हाफमा हल्का रूपमा खेले । पहिलो गोल गरेपछि खेलमा आत्मविश्वास बढ्छ र त्यसले टिमको प्रदर्शन राम्रो बनाउँछ ।’ मनाङले फाइनल प्रवेशका लागि संकटा वा बंगलादेशको दोस्रो डिभिजन क्लब फारसगन्जको विजेतासँग खेल्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x