तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव हुदै

काठमाडौं, ३० फागुन । आउँदो चैत २३ गते देखि २५ गते सम्म तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । महोत्सव आयोजक संस्था राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवबारे जानकारी दिएको हो ।

महोत्सवमा १३ देशको सहभागिता रहने छ । नेपाली चियालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुग्ने आयोजकको दाबी छ। अहिले नेपालको २६ हजार हेक्टरमा चियाको खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *