Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योग क्षेत्रमा आउने लगानी घट्यो

उद्योग क्षेत्रमा आउने लगानी घट्यो

काठमाडौं, ८ चैत । मुलुकको उद्योग क्षेत्रमा आउने लगानीमा ह्रास आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा स्वदेशी एवं विदेशी लगानीकर्ताले उद्योग स्थापनाका लागि १ खर्ब १८ अर्ब १९ करोड ९३ लाख लगानी स्वीकृत गराएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा उद्योग क्षेत्रका लागि १ खर्ब २७ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ स्वीकृत भएको थियो ।

चालू आर्थिक वर्षको सो अवधिमा १३६ वटा उद्योग स्थापनाका लागि उक्त लगानी स्वीकृत भएको विभागले बताएको छ । यस अवधिमा स्वीकृत भएको लगानीमध्ये ऊर्जामूलक उद्योगका लागि सबैभन्दा धेरै रहेको छ । ऊर्जामा २१ वटा उद्योगका लागि ९२ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो ।

यसैगरी दोस्रोमा उत्पादनमा ४० वटा उद्योगका लागि ९ अर्ब ११ करोड, पर्यटनतर्फ २६ वटा उद्योगका लागि ६ अर्ब ४३ करोड ६९ लाख, २७ वटा सेवामूलक उद्योग ३ अर्ब ८६ करोड ३४ लाख, कृषि तथा वन पैदावरमा १५ वटा उद्योगका लागि ३ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

यसैगरी सूचना, सञ्चार तथा प्रविधिमा पाँच वटा उद्योगका लागि ६५ करोडका साथै खनिज र पूर्वाधारमा एक÷एक उद्योग स्थापना गर्न क्रमशः १२ करोड ३४ लाख र १ अर्ब ५७ करोड ४४ लाख लगानी प्रतिबद्धता आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x