Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एमडीआरटीमा सहभागी हुन योग्य अभिकर्ताहरुलाई नेपाल लाइफको सम्मान

एमडीआरटीमा सहभागी हुन योग्य अभिकर्ताहरुलाई नेपाल लाइफको सम्मान

काठमाडाौं ८ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था (एमडीआरटी) मा सहभागी हुन योग्य अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक समारोहका बीच उक्त उनीहरुलाई सम्ममान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने प्रसाईको भनाइ थियो ।

कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ द टेबल (सीओटी) र ९ जना टप अफ द टेबल (टीओटी) गरि २६७ जना अभिकर्ताहरु एमडीआरटीमा सहभागी हुन योग्य भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x