मनिग्रामका र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवा सम्झौता

काठमाडौं, ९ चैत । मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विपे्रषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासंगै मनिग्रामका दुई सयभन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् ।

साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विपे्रषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने जनाइएको छ। मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिने कम्पनीले जानकारी दिएको छ।

यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्टे«लिया, युरोप, बेलायत लगायत २ सयभन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुने विश्वास लिइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *