Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

कामना सेवा विकास बैंकको अनलाईन बचत खाता संचालनमा

कामना सेवा विकास बैंकको अनलाईन बचत खाता संचालनमा

काठमाडौं, ९ चैत । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले बैंकको वेवसाईट मार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने छन् ।

उच्चतम ब्याजदर सहितको यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका हुन ।

हाल बैंकले एक सय २४ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, ६६ वटा एटिम मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x