Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ ।
बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलु दूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरे । उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटिएल, एनटीसी महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायत सेवा लिन सक्नेछन् ।
कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x