Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रपतिको बंगलादेश भ्रमण : नेपाल र बंगलादेशबीच चार सम्झौता

राष्ट्रपतिको बंगलादेश भ्रमण : नेपाल र बंगलादेशबीच चार सम्झौता

काठमाडौं, १० चैत । सोमवारदेखि शुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणको क्रममा विभिन्न चार सम्झौता भएको छ । उक्त अवसरमा सोमवार राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको उपस्थितिमा पर्यटन क्षेत्रमा सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहवाद रेलमार्गसम्बन्धी सम्झौता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बंगलादेशका नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलादेशका वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले समेत हस्ताक्षर गरेका छन् ।

सम्झौताअघि राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षीबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिएकी थिइन् । बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सम्पर्क सञ्जालले यातायात र व्यापार लागत कम गराउने बताइन् ।

दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औंल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x