अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच सम्झौता

काठमाडौं, १० चैत । अजोड इन्स्योरेन्स लिमिटेड, आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा.लि.बीच नगदरहित बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा.लि. तथा आइएमई अटोमोटिभ्स प्रा.लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् ।

आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. सँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोडले सम्झौता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *