Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

काठमाडौं–तराई द्रुतमार्गको प्रगति वार्षिक योजनाको १९ प्रतिशत

काठमाडौं–तराई द्रुतमार्गको प्रगति वार्षिक योजनाको १९ प्रतिशत

काठमाडौं, १० चैत । चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ ।

२०८० सालको असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव ९ प्रतिशत रहेको छ । गत आवसम्ममा समष्टिगत भौतिक प्रगति ११ दशमलव ११ प्रतिशत थियो । चालू आवमा थप ५ दशमलव १० प्रतिशत गरी चालू आवको अन्त्यसम्ममा समष्टिगत प्रगति १६ दशमलव २१ प्रतिशत लक्ष्य हासिल हुने लक्ष्य आयोजनाले लिएको राससमा उल्लेख छ ।

आयोजनाअन्तर्गत तीन सुरुङको निर्माण हुनेछ । पहिलो प्याकेजमा महादेवटारमा एक र दोस्रो प्याकेजमा धेद्रे र लेनडाँडामा एक सुरुङमार्ग निर्माण गरिनेछ । महादेवटारमा बनाइने सुरुङको लम्बाइ तीन दशमलव ३५ किमी, धेद्रेको एक दशमलव ६३ किमी र लेनडाँडा सुरुङको लम्बाइ एक दशमलव ४३ किमी हुनेछ । सुरुङ निर्माणका लागि आवश्यक भूगोलसम्बन्धी अध्ययन सम्पन्न भएको आयोजनाले बताएको छ ।
सुरुङ निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न पूर्वयोग्यता निर्धारणको सूचना गत वर्ष फागुनमा प्रकाशित भए पनि कोभिड–१९ का कारण पटक–पटक अवधि थप भएको थियो । सुरुङको पूर्वयोग्यता निर्धारणका लागि प्याकेज–१ मा २१ र प्याकेज–२ मा २२ गरी ४३ कम्पनीले आवेदन दिएकामा हाल दुई कम्पनी छनोट भएको आयोजनाले बताएको छ ।

आयोजनामा पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पुल निर्माणमा नेपाली र विदेशी दुवै कम्पनी रहेका छन् । यस्तै आयोजनाका लागि आवश्यक पहुँच सडकखण्डमा १४ बेलीब्रिज जडान गर्ने योजना बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x