Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सारथी लघुवित्तको साधारण सभा बैशाख ३ मा, ८.१३ प्रतिशत बोनस शेयर बितरणको प्रस्ताव पेश गरिने

सारथी लघुवित्तको साधारण सभा बैशाख ३ मा, ८.१३ प्रतिशत बोनस शेयर बितरणको प्रस्ताव पेश गरिने

काठमाडौं, ११ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख ३ गते बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । धुलिखेलमा हुने उक्त सभामा गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिने छ ।

साथै सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालक चयन पनि गर्ने छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x