Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेप्से परिसूचक घटेर २५४८.९६ विन्दुमा, ६ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक घटेर २५४८.९६ विन्दुमा, ६ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १२ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.२९ अंक घटेर २५४८.९६ विन्दुमा रोकिएको हो । यो दिन परिसूचक गत दिनको तुलनामा ०.८३ प्रतिशतले घटेको हो ।

२०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार ७७७ कित्ता शेयर ६ अर्ब ४० करोड ३३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । आज सर्वाधिक शेयर मूल्य वृद्धि चन्दागिरि हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २ हजार ७९ रुपैयाँ कायम भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेड (निफ्रा)को भएको छ । यो कम्पनीको ८९ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज निफ्राको शेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये उद्योग, होटल तथा पर्यटन र लगानी समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । उद्योग समूहको ३.९४ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.४५ प्रतिशत र लगानी समूहको १.१६ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x