Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकद्वारा क्यूआर कोर्डबाट भुक्तानी सेवा सुरु

दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकद्वारा क्यूआर कोर्डबाट भुक्तानी सेवा सुरु

काठमाडौं, १२ चैत । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले गरे ।

उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद गरी भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले मन्दिर परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो,झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सन््राइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ । यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढीमा लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x