Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रदेशलाई दिने अनुदानको आकार बढाउन केन्द्र सरकारसँग मन्त्री गुरुङको माग

प्रदेशलाई दिने अनुदानको आकार बढाउन केन्द्र सरकारसँग मन्त्री गुरुङको माग

काठमाडौं, १२ चैत । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले केन्द्र सरकारले प्रदेशलाई दिने अनुदानको आकार बढाउनुपर्ने बताएका छन् । साप्ताहिक रूपमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘अर्थको अर्थ’को उत्पादक संस्था आइबिएन मिडिया एन्ड रिसर्च र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको ‘आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा गण्डकी प्रदेशको अपेक्षा’ विषयक कार्यक्रममा उनले संघीय सरकारले बजेटको आकार बढाए अनुसार प्रदेश सरकारलाई दिने अनुदानको हिस्सालाई पनि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश सरकालाई राजस्व संकलनका लागि सीमित अधिकार मात्र दिएको र केन्द्र सरकारले बाँडफाँट गर्ने स्रोत पनि संघीयताको मर्म अनुसार नभएको जिकीर उनले गरे । अहिले ढुंगा, बालुवा र गिटीको राजस्व संकलनको अधिकार स्थानीय तहलाई दिएको र यातायातको पनि ६० प्रतिशत मात्र हिस्सा रहेकाले स्रोत व्यवस्थापनमा समस्या भएको मन्त्री गुरुङले बताए ।

अब प्रत्येक नागरिकलाई करको दायरामा ल्याउनुपर्ने समेत मन्त्री गुरुङले बताए । जति आम्दानी हुन्छ, सोही अनुसारको कर तिर्ने व्यवस्था गरेर सबैलाई करको दायरामा ल्याइने र पछि नसक्नेलाई प्रदेश सरकारले राहतको व्यवस्था गर्ने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले आगामी बजेट कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी ल्याउनुपर्ने सुझाव दिए । बजेट व्यावसाय र करमैत्री बनाउन पनि उनको सुझाव छ ।

कार्यक्रममा अर्थशास्त्री केशव आचार्यले आगामी वर्षको प्रदेशको बजेटबारे सल्लाह, सुझाव सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x