Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा लगानी आकर्षित गर्न पाकिस्तानी राजदूतलाई चेम्बरको आग्रह

नेपालमा लगानी आकर्षित गर्न पाकिस्तानी राजदूतलाई चेम्बरको आग्रह

काठमाडौं, १२ चैत । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार लागयतका विषयमा छलफल भएको छ ।

छलफलमा चेम्बरका अध्यक्ष श्रेष्ठले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत शाहलाई सुझाव दिए ।

यस्तै नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x