Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

आन्तरिक पर्यटक लक्षित अभियान सञ्चालन गर्दै गण्डकी प्रदेश

आन्तरिक पर्यटक लक्षित अभियान सञ्चालन गर्दै गण्डकी प्रदेश

पोखरा, १२ चैत । कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन गण्डकी प्रदेशले आन्तरिक पर्यटक लक्षित अभियान सञ्चालन गर्ने भएको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्न ‘स्क्र्याच एण्ड विन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउन लागिएको प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)समितिले बताएको छ ।

‘पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौं,’ समितिका संयोजक अग्नि कँडेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

उनँका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्त्र्mयाच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौंबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्त्र्mयाच कुपनमा प्याराग्लाइडिङ, बञ्जि, ¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुंगा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध संघसंस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्नेछन् ।

सो योजनाका लागि पोखरा पर्यटन परिषद् (पिटिस) ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन (टेसा) नेपाल माउण्टेनरिङ. एशोसिएशन (एनएमए) नेपाल हवाई खेलकूद संघ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (ऐगा), डुंगा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य संघ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *