Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘डिजिटलउन्मुख हुँदै सहकारी संस्थाहरु’

‘डिजिटलउन्मुख हुँदै सहकारी संस्थाहरु’

काठमाडौं, १३ चैत । नेपालमा सहकारी संस्थाहरु डिजिटल प्रविधि उन्मुख बन्दै गएको राष्ट्रिय सहकारी विकास बोर्डले बताएको छ । पछिल्लो समय बैंक तथा वित्तीय सस्थाहरु इन्नोभेशन र प्रविधिको प्रयोगमा अघि बढेसँगै सहकारी संस्थाहरुले पनि अनलाइन र डिजिटल माध्यमबाट सेवा दिन थालेको बोर्डका उपाध्यक्ष दक्ष पौडेलले बताए ।

सहकारीका संस्थाहरुका सेवाग्राहीले पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले जस्तै आधुनिक प्रविधिको माध्यमबाट सेवा पाउनुपर्छ भन्ने मान्यताले बोर्डले यसको विस्तारमा प्रयास गरिरहेको उपाध्यक्ष पौडेलको भनाइ छ । यस सन्दर्भमा आफ्नो हब कोअपरेटि सहकारी संस्थाले प्रविधि सहकारी संस्था गठन गरेको र यसले सबै सहकारी संस्थालाई आबद्ध गरेर डिजिटलाइजेसनको पाटोमा काम गर्ने उनले बताए । ‘एकीकृत लेखा प्रणाली, एकीकृत प्रविधिको विकास गरेर प्रविधिमार्फत नै सम्पूर्ण सेवा उपलब्ध गराउने, अन्तरसहकारी कारोबार गर्ने, मोबाइल बैंकिङ र क्यूआर कोडको माध्यमबाट वित्तीय कारोबारको व्यवस्था गरिनेछ,’ उनले भने ।

सहकारी संस्थाहरु धेरै भएकाले डिजिटलाइजेनमा लैजान केही समस्या र चुनौती भन्दै उनले चुनौतीकै बीच सहकारीलाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको बताए । अब सहकारीहरु पनि प्रविधिमा जानुको विकल्प नभएकाले यसका लागि सम्बन्धित सहकारीका कर्मचारीलाई अभिमुखीकरण, क्षमता विकास गरी यसको प्रयोगमा अभ्यस्त हुनुपर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x