प्रदेश १ मा मन्त्रि हेरफेर, ४ नयाँ मन्त्रीले लिए सपथ
काठमाडौं, १३ चैत । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेश १ का मसख्यमन्त्री शेरधन राईले उनले चारजना मन्त्री थपेका हुन्। प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री बनेका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्रीमा नियुक्त भएकी छिन् । हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम बहादुर मगर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।