महालक्ष्मी विकास बैंकको ९.२६ प्रतिशत लाभांश पारित

काठमाडौं, १३ चैत । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट ९.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । भिडियो कन्फरेन्समार्फत गरिएको बैंकको १९औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई संस्थाको आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ८.८० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई थप सुदृढ गर्ने उद्देश्यले आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ।

हाल बैंकले देशभर १०३ वटा शाखा तथा ३४ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *