Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राईज ब्लुचिप फण्डको इकाई बाँडफाड, ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १७९ जनाले माग अनुसार पाए

सन्राईज ब्लुचिप फण्डको इकाई बाँडफाड, ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १७९ जनाले माग अनुसार पाए

काठमाडौं, १३ चैत । सन्राइज सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको इकाई बाँडफाँड भएको छ । शुक्रबार सनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा इकाई बाँडफाँड गरिएको हो ।

प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई चैत १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गरिएको थियो । जसमा सर्वसाधारणतर्फ १० रुपैयाँ अंकित दरको ८ करोड ५० लाख इकाई निष्काशन गरेको थियो ।

१०० इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम बाँडफाँड गरिएको छ । ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाईको दरले र १ करोड इकाई माग गर्ने २ जना आवेदकलाई ४६ लाख ५ हजार २८ इकाईका बाँडफाँड गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x