Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीनले अनुदानमा दिएको खोप नेपाल आइपुग्यो

चीनले अनुदानमा दिएको खोप नेपाल आइपुग्यो

काठमाडौं, १६ चैत । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो ।

उक्त खोप त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।
खोप लिन जहाज हिजो चीनको राजधानी बेइजिङ गएको थियो । चीनले ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x