Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

होलीको दिन २६ सय सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

होलीको दिन २६ सय सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं, १६ चैत । होलीको दिन काठमाडौं उपत्यकामा २६ सयभन्दा बढी सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा होलीको दिन २ हजार ६१६ जना सवारी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीको दिन उपत्यकाको तीनै जिल्लामा नौ सय बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको जनाएको छ। दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरिएको जनाएको छ।

मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाहीमा परेका छन् । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६ सय नौ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x