Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयरबजार पूँजीकरणमा बैंक, वित्त तथा बीमा कम्पनीको हिस्सा ७२ प्रतिशत

शेयरबजार पूँजीकरणमा बैंक, वित्त तथा बीमा कम्पनीको हिस्सा ७२ प्रतिशत

काठमाडौं, १६ चैत । शेयरबजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ७२.१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिना अवधिमा सूचीकृत कम्पनीहरूमध्ये उक्त कम्पनीहरूको पूँजीकरण सबैभन्दा धेरै रहेको हो । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।

२०७७ माघ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ माघसम्ममा सूचीकृत ५ अर्ब ४० करोड शेयरको चुक्ता मूल्य रु. ५३० अर्ब ६२ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, १३ अर्ब ७१ करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर २ अर्ब ७१ करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल २ खर्ब ९ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x