Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

३४ खर्ब ६२ अर्ब पुग्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह

३४ खर्ब ६२ अर्ब पुग्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह

काठमाडौं, १८ चैत । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह चैत दोस्रो सातासम्ममा ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स एशोसिएशनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । संघका अनुसार पछिल्लो एक सातामै बैंकहरूको कर्जा प्रवाह २८ अर्बले बढेको छ ।

चैत दोस्रो सातासम्ममा वाणिज्य बैंकहरूको निक्षेप संकलनमा भने. १० अर्बको वृद्धि देखिएको छ । यससँगै बैंकहरूको कुल निक्षेप संकलन ३८ खर्ब ५० अर्ब पुगेको संघको तथ्यांक छ ।

हाल वाणिज्य बैंकहरूले कर्जापूँजी र निक्षेप अनुपात (सीसीडी) औसत ७७ दशमलव ७२ प्रतिशत सीसीडी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीसीडी ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत कायम गरेको छ ।

संघका अनुसार चैतको पहिलो साता वाणिज्य बैंकहरूको कर्जा प्रवाह २३ अर्बले बढेर रू. ३४ खर्ब ३५ अर्ब पुगेको थियो । सोही अवधिमा निक्षेप संकलन भने १४ अर्ब रुपैयाँले थपिएर ३८ अर्ब ४० अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लो समय आर्थिक व्यावसायिक गतिविधि चलायमान बनेसँगै बैंकहरूको कर्जा प्रवाह एवं निक्षेप संकलन पनि बढ्दै गएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x