महुली लघुवित्तको संस्थापक शेयरको लिलामी खुला

काठमाडौं, १८ चैत । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामी विक्री खुला गरेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको ५६ लाख दुई सय ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यो शेयर खरिद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य सात सय ९१ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।