Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

२ लघुवित्तको शेयर मूल्य समायोजन

२ लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं, १८ चैत । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

उन्नति सहकार्यको १७.८१ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको शेयरमूल्य २ हजार ३१७ रुपैयाँ कायम भएको छ । यसअघि उक्त कम्पनीको शेयर मूल्य २ हजार ७३० रुपैयाँ रहेको थियो ।

त्यस्तै आरम्भ चौतारी लघुवित्तको ८.८१ प्रतिशत बोनस शेयर वितरणपश्चात प्रतिशेयर मूल्य १ हजार ५३१ रुपैयाँ कायम भएको छ । यो कम्पनीको शेयर मूल्य समायोजना अघि प्रतिशेयर मूल्य १ हजार ६६७ रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x