
काठमाडौं, २ चैत्र । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले त्रिभुवन विमानस्थलमा रहेको नागरिक उड्ययन प्राधिकरणको गोदाम प्रयोग गरेर गरिने आयात तथा निर्यात कार्गोको सेवा शुल्कमा भारी वृद्धि गरेपछि व्यापारी तथा लोजिस्टिक सेवा प्रवाह गर्ने व्यवासायीहरुले आन्दोलन थालेका छन् । उनीहरुले शुल्क वृद्धि फिर्ता नलिए हड्ताल गरी आयातनिर्यात ठप्प पार्नेसम्मको चेतावनी दिँदै शुल्क वृद्धि फिर्ता लिन पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी तथा नागरिक उड्ययन प्राधिकरणसँग आग्रह गरेका छन् ।
झण्डै ४३ पैसा प्रतिकेजी शुल्क रहेको साधरण कार्गोमा ५ रुपैँया ३५ पैसा प्रतिकेजी शुल्क तोकिएको छ । नेपाल पारवहन प्रवेश गर्नुअघि भन्सारले नागरिक उड्ययन प्राधिकरणको गोदाम सञ्चालन गर्दै आएको थियो । भन्सारले सञ्चालन गर्दाकै शुल्क अनुसार नै अहिलेसम्म व्यापारीहरुले सेवा लिदैं आएका थिए । २०६६ सालमा पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीलाई ३० प्रतिशत राजस्व बाँड्ने शर्तमा नागरिक उड््ययनले साझेदार बनाएपछि शुल्क बढाउने र फिर्ता लिने क्रम निरन्तर भैरहेको छ ।
Leave a Reply