Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फुटवेयर बिजनेश एक्सपो सुरु

काठमाडौं, २ चैत । स्वदेशी जुत्ता–चप्पलको बजार प्रवद्र्धनका लागि फुटवेयर बिजनेश एक्स्पो काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ । एक्स्पोको बिहीबार प्रदेश नम्बर–३ का अर्थ तथा मामिला योजनामन्त्री कैलास ढुंगेलले उद्घाटन गरे ।

उनले स्वदेशी उत्पादकले गुणस्तरीयता कायम गर्दै निर्यातमा जोड दिनुपर्ने बताए ।स्वदेशी उत्पादन प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

नेपालमा बनेको जुत्ता–चप्पल हरेक नेपालीसमक्ष पु¥याउनु मूल लक्ष्य रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । आगामी चैत २५ गतेसम्म चल्ने मेलामा २५ भन्दा बढी ब्रान्डका ७५ स्टल रहेका छन् । मेलाको २ लाख बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x