४ वर्षमा ६९ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम, ७० प्रतिशतले मात्र गरे नविकरण
काठमाडौं, २४ चैत । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम ४ वर्षमा ६९ जिल्लामा विस्तार भएको छ । स्वास्थ्य बीमा बोर्डले मंगलबार आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ४ वर्षको अवधिमा ६९ जिल्लामा विस्तार भएको बताइएको हो । बाँकी ८ वटा जिल्लामा पनि छिट्नै स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने बताईको छ ।
सरकारले लागु गरेको उक्त स्वास्थ्य बीमा कार्यक्रममा अति गरिब, विपन्न, जेष्ठ नागरिक, एजआइभि पोजेटिभ, अपाङ्ग तथा महिला स्वास्स्थय स्वंयसेविका समेत सहभागी भएका छन् । अति गरिब र विपन्न ४ लाख ६० हजार ७ सय ७८ जना, जेष्ठ नागरिक बीमितमा ४ लाख २३ हजार जना, १३ हजार ५ सय ९ जना एचआईभी पोजेटिभ, ५३ हजार ६ सय २४ जना अति सशक्त अपाङ्ग, १ हजार ५ सय ६६ जना टि।भी रोग र ४७ हजार ८ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविको आवद्ध रहेको बोर्डकोे तथ्याकं छ ।
बोर्डले दिएको जानकारी अनुसार पछिल्लो सयम स्वास्थ्य बीमा नविकरण गर्नेको संख्या ७० प्रतिशत छ । कतिपयले बीमाको बारेमा नबुझेको हुँदा नविकरणमा कमी आएको बोर्डको बुझाइ छ ।
स्वास्थ्य बीमा बोर्डले ५ जनाको परिवारलाई एउटा युनिट मानेको छ । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।
सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ ।