Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा प्रद्युम्न पोखरेल

डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा प्रद्युम्न पोखरेल

काठमाडौं, २४ चैत । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।

एशोसिएशनको मंगलबार भएको पन्ध्रौं वार्षिक साधारणसभाले उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा बोधराज देवकोटा, कोषाध्यक्षमा प्रवीण बस्नेत चयन गरेको छ । यस्तै सदस्यहरुमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेश कुमार आचार्य निर्वाचित भएका छन् ।

सभाले आव २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७७÷०७८ को अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । १५ सदस्य विकास बैँकहरूमध्ये १४ सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x