Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

रुरुको आएपीओमा ६१ गुणा बढी आवेदन

रुरुको आएपीओमा ६१ गुणा बढी आवेदन

काठमाडौं, २५ चैत । रुरु जलुविद्युत आयोजनाको आइपीओमा २ करोड ३३ लाख ७७ हजार दुई सय २० कित्ताका लागि आवेदन परेको छ । आइपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिजोसम्म १६ लाख ६९ हजार पाँच सय ६६ जनाले आवेदन दिएका छन् ।

सर्वसाधारणका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार एक सय ६७ कित्तालाई आधार मान्दा यो संख्या ६१.६५ गुणा बढी हो ।

चैत २० गतेदेखि आइपीओ जारी गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल चार लाख सात हजार सात सय छ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये आठ हजार एक सय ५४ कित्ता कर्मचारी र २० हजार तीन सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइ बाँकी तीन लाख ७९ हजार एक सय ६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x