ज्योति लाइफको सेयर कारोबार सुरु
काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजबाट सुरु भएको छ । ज्योतिको पहिलो कारोबार तीन सय ६० रुपैयाँमा भएको छ ।
कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । नेप्सेले ज्योतिको पहिलो कारोबारका लागि न्यूनतम एक २० रुपैयाँ २९ पैसादेखि अधिकतम तीन सय ६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको थियो ।