Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बढ्यो इन्टरनेटको पहुँच, मोबाइल इन्टरनेटको हिस्सा ६१ प्रतिशत

बढ्यो इन्टरनेटको पहुँच, मोबाइल इन्टरनेटको हिस्सा ६१ प्रतिशत

काठमाडौं, २५ चैत । पछिल्लो समय नेपालमा इन्टरनेटको पहुँच ह्वात्तै बढेको पाइएको छ । कोभिड महामारी, स्माटफोनको सहज पहुँच, टेलिकम तथा इन्टरनेट प्रदायक कम्पनीहरूको सहुलियत प्याकेज लगायत कारण प्रयोगकर्ता बढ्दै गएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा २ करोड ५४ लाख १९ हजार जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । माघ महिनामा मात्रै ६ लाख ८३ हजार बढीभन्दा इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्ममा कुल २ करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

कुल जनसंख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ ।

१ करोड १३ लाखभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ईभीडीयो प्रयोगकर्ता १ लाख ३६ हजार ५७३ जना छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x