सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा नवलपारासीको छिपछिपेमा
काठमाडौं, २६ चैत । सनराइज बैंकले नवलपरासीको कावासोती नगरपालिका वडा नं.–४, हसौरा, छिपछिपेमा शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७३ पुगेको छ ।
बैंकले खोलिएको उक्त शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा सुजन सापकोटालार्ई नियुक्त गरेको छ ।
हालसम्म सनराइज बैंकले एक सय ३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र एक सय ६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ।