Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

६४ प्रतिशत नाघ्यो सरकारको बजेट खर्च

६४ प्रतिशत नाघ्यो सरकारको बजेट खर्च

काडमाडौं, २७ चैत । चालू आर्थिक वर्षको ९ महिना बित्न लाग्दा सरकारको बजेट खर्च ६४ प्रतिशत नाघेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चैत २६ गतेसम्ममा कुल बजेट कार्यान्वयनको प्रगति ६४ दशमलव ३२ प्रतिशत रहेको छ ।
सोही अवधिमा सरकारले विकास लक्षित पूँजीगत खर्च भने २७ दशमलव ५९ प्रतिशत मात्र गर्न सकेको छ । विकास बजेट खर्चमा विगतमा देखिने गरेको प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । उक्त तथ्यांकले बाँकी ३ महिनामा ७० प्रतिशत भन्दा बढी खर्च गर्नुपर्ने चुनौती सरकारसँग छ ।

सरकारको चालू खर्च भने ५५ प्रतिशतको हाराहारीमा पुगेको छ । बिहीवारसम्म चालू खर्च कार्यान्वयन ५४ दशमलव ४९ प्रतिशत पुगेको हो । सोही अवधिमा वित्तीय खर्च भने ३३ दशमलव ३३ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ, जसमध्ये पूँजीगततर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख र वित्तीय तर्फ १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x