Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

नेपालको वैदेशिक सहायतामा एडीबीको हिस्सा सबैभन्दा धेरै

काठमाडौं, २७ चैत । एसियाली विकास बैंक (एडीबी) नेपालमा विकास सहायता रकम उपलब्ध गराउने सबैभन्दा ठूलो दातृ निकायका रुपमा देखिएको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास साझेदारी प्रतिवेदन २०२० अनुसार गत आर्थिक वर्ष २०७६–७७ मा नेपालले पाएको कूल दुई अर्ब ३० लाख अमेरिकी डलरको वैदेशिक सहायता मध्ये एडीबीको ३१ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा प्राप्त सहायतामा विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोषको ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको ६ प्रतिशत र चीन, भारत तथा बेलायतको समान ५–५ प्रतिशत हिस्सा रहेको छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालले एडीबीसँग लिएको ऋण रकम मात्र ५७ करोड २० लाख अमेरिकी डलर बराबर छ। त्यस्तै विश्व बैंकसँग ४३ करोड अमेरिकी डलर र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण लिएको देखिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *